मोडलिङ र डान्स मेरो रुची हो – अनुपा थापा



IMG_4033 - Copy
बागलुङ जिल्लाको सदरमुकामसंग जोडिएको भकुण्डे गाविसकी एक सुन्दरी एक वर्षदेखी मोडलिङ र डान्सको प्रशिक्षण लिईरहेकी छन् । यसै क्रममा उनी अभिनित लोकदोहोरी गीतका क्यासेटहरु बजारमा आएका छन् । नेपाली फिल्महरुमा पनि उनले अभिनय गर्ने मौका पाएकी छन् । भोजपुरी र तमाङ भाषाका फिल्ममा समेत ‘एटम डान्स’ गर्ने मौका पाएको उनले बताईन् ।

हामी कुरा गर्दैछौ भकुण्डे गाविस वडा नं ७ का कृष्णबहादुर थापा र लक्ष्मी थापाकी छोरी १९ वर्षिया अनुपा थापाको । अध्ययनकै समयमा मोडेलिङ र डान्सप्रति उनको रुची जागेको हो । टेन प्लस टू पढदा उनले मोडलिङ र डान्सको प्रशिक्षण लिन सुरु गरेकी रहिछन् । उनले काठमाडौ र केहि समय भारतमा यस्को प्रशिक्षण लिएकी छन भने यो सिलसिला जारी रहेको उनले बताईन् ।
anupa
‘शरीरका संवेदनशील अंगहरु देखिने गरी धेरै कम वस्त्र पहिरिएर तस्वीर खिचेको देख्दा बुबा मुमाले केहि नमीठो मान्नु भएन ?’ हाम्रो प्रश्नमा अनुपाले भनिन्- ‘पहिले त अली अफठेरो मानेजस्तो लाग्या थ्यो, अब त्यस्तो फिलिङ छैन उहाँहरुमा ।’

उनले राजधानीमा बसेर एकातिर प्रशिक्षण लिदै अर्कोतिर दोहोरी गीती एल्वमहरु र फिल्महरुमा अभिनय गरिरहेको बताईन् ।
69217_423611041065800_1596632617_n
‘भकुण्डेको रमणियतालाई विर्सेर राजधानीको गन्जागोलमा रमाईलो लाग्छ त ?’ भन्ने प्रश्नमा अनुपाले हाँस्दै भनिन्- ‘कामै राजधानीमा हुन्छ त । महिना महिनामा घरमा त आईरहेकी छु नि ।’
IMG-20140314-WA0042
हँसिली र फरासिली अनुपाले हामीसंग खुलेर कुरा गरिन्- ‘मैले अभिनय गरेको पहिलो लोकदोहोरी गीती एल्वम हो ‘तिर्सना म्यूजिक प्रालि’को ‘आत्महत्या गर्छु’ । त्यसपछी एक दर्जन लोकदोहोरी एल्वममा अभिनय गरेकी छु ।’
1488116_565645866862316_1945412362_n
‘अहिले ?’

‘अहिले त्यत्तिकै छु…..।’

‘फिल्महरुमा पनि मौका मिल्यो कि ?’

‘फिल्म ‘रक्षा’ र ‘सरी ल’ मा अभिनय गर्ने मौका मिल्यो । तामाङ फिल्ममा एटम संगमा अभिनय गरेकी छु, त्यस्तै भोजपुरी फिल्ममा पनि एटम संग खेलेकी छु ……।’

‘यही व्यवसायले काठमाडौमा व्यवहार चल्छ त, घरबाट खर्चपर्चका लागी बुबामुमालाई गुहारी रहनु पर्दैँन ?’
546850_375825085844396_205507064_n
‘कहाँ चल्नु ? अझै प्रशिक्षण लिदै छु । हेरौँ पछी कस्तो हुन्छ ।’

‘एउटा गीती एल्बममा काम गरेको कति हात लाग्छ नि ?’

‘१५, २० हजार …।’
IMG_209823691647077
‘मोडलिङ र डान्सको सिलसिलामा विदेश कतै जाने अवसर मिल्या छ कि ?’

‘मलेशीया र भारतमा गएकी छु । बल्ल एक वर्ष भयो यो काम गर्न लागेको….। पाईएला नि पछी पछी अवशरहरु …..।’

‘अवश्य, आउनेछन अवशरहरु । गाउँकी एक सुन्दरी अभिनयको क्षेत्रमा सफलताको सिँढी उक्लदै जानु निश्चयपनि शुभसंकेत हो । अनुपाजीको उज्ज्वल भविष्यको कामना गर्छौँ हामी ।’

‘थ्यांक्स ।’
969605_460691220691115_542086581_n
‘दुई-चार कुरा गर्ने मौका मिल्यो, अनुपाजीलाई धेरै धन्यवाद ।’

‘मेरो पनि यहाँहरुलाई धन्यवाद छ,

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s